निगमको जहाजलाई हङकङमा चौथो पटक प्रतिबन्ध, सरकारी अस्पतालको रिपोर्ट पनि शंकास्पद

निगमको जहाजलाई हङकङमा चौथो पटक प्रतिबन्ध, सरकारी अस्पतालको रिपोर्ट पनि शंकास्पद

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १०:१३,

नेपाल वायुसेवा निगमको जहाजलाई हङकङमा चौथो पटक प्रतिबन्ध लागेको छ।

निगम (नेपाल एयरलाइन्स)को जहाजले गत सोमबार काठमाडौं–हङकङ उडान गर्दा ५ जना यात्रुमा कोरोना पोजेटिभ र एक जना शंकास्पद संक्रमित देखिएपछि हङकङले फेरि प्रतिबन्ध लगाएको हो।

निगमले हङकङ उडानमा निजी ल्याबको रिपोर्टमा कैफियत देखिएको भन्दै सरकारी ल्याबको रिपोर्टलाई मात्र मान्यता दिएको थियो।

यो पनि –
हङकङ उडानका लागि नेपाल एयरलाइन्सले सरकारी रिपोर्टलाई मात्र मान्यता दिने

यसअघि हङकङले पहिलोपटक नेपाल एयरलाइन्समार्फत आएका यात्रुमा कोरोना देखिएको भन्दै अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो।

त्यसपछि फेरि काठमाडौं–हङकङ उडान गरेको नेपाल एयरलायन्सले फेरि यात्रुमा कोरोना देखिएको भन्दै हङकङले अक्टोबर २० देखि नोभेम्बर ३ सम्मका लागि दोस्रोपटक उडान प्रतिबन्ध लगाएको थियो।

निगमले काठमाडौंमा पीसीआर रिपोर्ट नेगेटिभ हुने तर हङकङ गएर फेरि पीसीआर गर्दा पोजिटिभ आउँदा करोडौँ आम्दानी गुमाएको छ।

यो पनि –
नेपाल एयरलाइन्सलाई हङकङ विमानलस्थलले लगायो तेस्रोपटक प्रतिबन्ध

‘हामीले पीसीआर नेगेटिभ भएकालाई मात्रै लगेका हौँ’, नेपाल एयरलाइन्सकी सहप्रवक्ता सुलेख मिश्रले नेपालखबरसँग भने, ‘चौथो पटक डिसेम्बर १७ सम्म प्रतिबन्ध लागेको छ।’

उनले निजी ल्याबको लापरबाहीको कारण निगमले करोडौँ गुमाउनुपरेको भन्दै सरकारी ल्याबको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिए पनि फेरि पोजेटिभ देखिँदा समस्या भएको बताए।

‘हाम्रो बोर्ड बैठकमा यो विषयमा गम्भीर छलफल हुनेछ’, मिश्रले भने, ‘निगम तत्काल यसको विकल्पबारे अन्योलमा छ।’

यो पनि –
९ यात्रुमा कोरोना देखिएपछि हङकङमा नेपाल एयरलाइन्समाथि फेरि प्रतिबन्ध

यसअघि स्टार हस्पिटल, ह्याम्स हस्पिटल लगायतको रिपोर्टमा कैफियत देखिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएर अनुसन्धान गरेको थियो।

अन्तर्राष्ट्रिय हवाइ यातायातका लागि अनिवार्य पीसीआर नेगेटिभ हुनुपर्ने मापदण्ड छ। मापदण्डअनुसार सबै हवाइयात्रुले ७२ घण्टासम्मको पीसीआर रिपोर्ट देखाई हवाइ यात्रा गरिरहेका छन् तर नेपालबाट नेगेटिभ रिपोर्ट देखाई गन्तव्यमा पुग्दा पीसीआर पोजेटिभ आउने गरेको नेपाल एयरलायन्सले बताएको छ।

नेपाल एयरलाइन्सले हङकङ मात्रै नभई दुवई र जापान उडान गर्दा यात्रुको पीसीआर पोजिटिभ देखिएको भन्दै सचेत गराइएको थियो।

यो पनि –
यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङमा दुई साता प्रवेश निषेध

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .