ad ad

कारोबार


९ यात्रुमा कोरोना देखिएपछि हङकङमा नेपाल एयरलाइन्समाथि फेरि प्रतिबन्ध

९ यात्रुमा कोरोना देखिएपछि हङकङमा नेपाल एयरलाइन्समाथि फेरि प्रतिबन्ध

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १०:२२,

काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर आएका ९ यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्सलाई पुनः प्रतिबन्ध लगाइएको हङकङका अधिकारीहरुलाई उदृत गर्दै एससीएमपीले जनाएको छ।

चार दिन अगाडिमात्र एयरलाइन्समा लागेको दुईहप्ताको प्रतिबन्ध फुकुवा भएको थियो। उडान सुचारु भएको चार दिनमै पुनः नेपाल एयरलाइन्समाथि प्रतिबन्ध लगाइएको हो।

हङकङको सुरुवा रोग रोकथाम केन्द्रका प्रमुख डाक्टर चुआङ सुक–क्वानले नेपाल एयरलाइन्सबाट आएका ९ जनामा कोरोना देखिएको पष्टि गरे। उनले प्रतिबन्ध नोभेम्बर ४ सम्म लागू हुने पनि जानकारी गराए।

गत अक्टोबर ३ मा नेपाल एयरलाइन्स चढेर हङकङ पुग्ने ६ जनामा कोरोना देखिँदा यस एयरलाइन्सले दुईहप्ताको प्रतिबन्ध झेलेको थियो।

हङकङमा हालसम्म ५२ सय ८० मा कोरोना पुष्टि भइसकेको छ। यहाँ १०५ को मृत्यु भइसक्दा संक्रमितमध्ये ४८ सयभन्दा बढी स्वस्थ बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .