हाल बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएसँगै विभिन्न देशले त्यहाँ भ्रमण प्रतिबन्धको घोषणा गरेको छ।
हङकङले पनि आजदेखि लागू हुनेगरी बेलायतबाट हङकङ प्रवेशमा रोक लगाएको छ।
आज बुधबार ५३ नयाँ संक्रमित थपिएकामध्ये दुई जना हालैमात्र बेलायतबाट फर्किएका थिए।
नयाँ प्रकारको भाइरस पहिलेभन्दा ७० प्रतिशत संक्रामक भएको बताइएको छ। यद्यपी यो खतरनाक भने नभएको डब्लूएचओको भनाइ छ।
बुधबार थपिएका संक्रमितसँगै यहाँ कोरोना संक्रमितको कुल संख्या ८ हजार ३३५ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आज थप एकको कोरोनाका कारण मृत्यु भएसँगै यहाँ कोरोना संक्रमितको संख्या १३३ पुगेको छ। ७ हजार भने कोरोनामुक्त भएका छन्।
1.7k
Shares
प्रतिक्रिया