दुईजनाको मृत्यु हुँदा ७१ नयाँ संक्रमित थपिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै हङकङमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ४२५ पुगेको छ। हालसम्म १३५ को मृत्यु भइसक्दा ७२ सय उपचारपछि स्वस्थ बनेका छन्।
हङकङमा पछिल्लो समय हाउजिङ स्टेट्सहरुमा केही संक्रमितहरु देखिएका छन्। त्यसकारण हङकङले त्यहाँका हाउजिङ स्टेट्सका मानिसहरुलाई अनिवार्य रुपमा कोरोनाको परीक्षण गराउन आदेश दिएको छ।
अनिवार्य परीक्षण नगरे ५ हजारदेखि २५ हजार हङकङ डलरसम्म जरिवाना गरिने बताइएको छ।
336
Shares
प्रतिक्रिया