हङकङमा अस्पताल नै बन्यो कोरोनाको केन्द्र, आइतबार ७० नयाँ संक्रमित थपिए

हङकङमा अस्पताल नै बन्यो कोरोनाको केन्द्र, आइतबार ७० नयाँ संक्रमित थपिए

नेपालखबर
पुस १२, २०७७ आइतबार १२:५८,

आज थपिएका संक्रमितमध्ये २३ जनाको कन्ट्र्याक्ट ट्रेसिङ गर्न सकिएको छैन भने एक विदेशबाट फर्किएका व्यक्तिमा कोरोना देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यससँगै हङकङमा कोरोना भाइरसका संक्रमतिको कुल संख्या ८ हजार ६१० पुगेको छ भने संक्रमितमध्ये १३६ को मृत्यु भइसकेको छ।

यस्तै ७ हजारभन्दा बढी भने कोरोनामुक्त भइसकेका छन्।

The palliative care ward at United Christian Hospital, epicentre of a recent ‘super spreader’ Covid-19 outbreak. Photo: Winson Wong

अस्पताल नै बन्यो कोरोनाको केन्द्र

हाल देखिएका अधिकांश कोरोना संक्रमित कुन तोङस्थित युनाइडेट क्रिस्टियन हस्पिटलको घटनासँग जोडिएको बताइएको छ।

उक्त अस्पतालको सघन उपचार कक्षमा कार्यरत सबैलाई यतिबेला कोरोना परीक्षण गर्न भनिएको छ।

हालसम्म उक्त सघन उपचार कक्षबाट १९ जनामा कोरोना फैलिएको बताइएको छ।

सुरुवातमा त्यहाँ एक वृद्धा महिलालाई उपचारको लागि राखिएको थियो। त्यसबेला उनमा कोरोना देखिएको थिएन।

तर अस्पतालबाट डिस्चार्ज भएपछि मात्र उनमा कोरोना देखिएको थियो।

सोही घटनासँग जोडिएका अन्य १८ मा पनि पछि कोरोना पोजिटिभ देखिएपछि अस्पतालमा सावधानी अपनाइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .