त्युन मुनको सिङ युङ सर्किउटस्थित सेन्चुरी इन्डस्ट्रियल बिल्डिङको सातौं तलामा रहेको गोदाममा आगलागी भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
फ्रोजन फुड राखिने गोदाममा आगलागी हुँदा ६५ जनालाई अग्नी नियन्त्रकहरुले क्रेनबाट उद्धार गरेका थिए।
उद्धार गरिएकामध्ये ३४ र ५२ वर्षका दुई महिला र एक ११ वर्षका बालकमा स्वासप्रस्वासमा समस्या आएको थियो।
हाल उनीहरुको त्युन मुन अस्पतालमा उपचार भइरहेको छ। स्थानीय समयअनुसार आज बिहान ११ बजे आगलागी भएको बताइएको छ।
अग्नी नियन्त्रणकहरु आगलागी सुरु भएको ५० मिनेटपछि घटनालाई नियन्त्रणमा लिन सफल भएका थिए।
आगलागीको कारणबारे हाल अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया