हङकङमा प्रहरीको भ्यानले ठक्कर दिँदा ३ जना घाइते

हङकङमा प्रहरीको भ्यानले ठक्कर दिँदा ३ जना घाइते

नेपालखबर
पुस २९, २०७७ बुधबार १२:४८,

साउथ चाइना मर्निङ पोस्टका अनुसार मंगलबार दिउँसो साढे २ बजे उकालोमा राखिएको प्रहरी भ्यानको ब्रेक फेल हुँदा दुर्घटना हुन पुगेको हो।

सेन्ट्रल्स कटन ट्रि ड्राइभमा राखिएको प्रहरीको भ्यानमा कोही थिएनन्। झन्डै सय मिटर तल पुगेपछि त्यसलाई नियन्त्रणमा लिइएको थियो।

यस घटनामा अन्य दुईओटा कारमा क्षति पुगेको बताइएको छ। प्रहरीले तल झरिरहेको कारको ढोका फुटाएर ब्रेक हानेपछि भ्यान नियन्त्रणमा आएको हो।

एससीएमपीका अनुसार हाल ३८ देखि ६३ वर्षसम्मका तीन घाइतेको क्वनि मेरी अस्पतालमा उपचार भइरहेको छ।

ह्यान्ड ब्रेक फेल भएका कारण दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .