हङकङ आइपुग्यो फाइजरको ५ लाख ८५ हजार डोज खोप

हङकङ आइपुग्यो फाइजरको ५ लाख ८५ हजार डोज खोप

नेपालखबर
फागुन १६, २०७७ आइतबार ११:२४,

शनिबार पहिलो लटमा फाइजरका ५ लाख ८५ हजार डोज खोप हङकङ अवतरण गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार बिहान साढे १० बजे जर्मनीको फ्र्यांकफर्टबाट हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा खोपहरु आइपुगेका थिए।

चिनियाँ कम्पनी सिनोभ्याकको खोप लगाएका ७२ वर्षका एक व्यक्तिमा गम्भीर प्रतिकुल असर देखिएकै दिन फाइजरका खोप हङकङ आइपुगेका हुन्।

Hongkongers can start booking appointments for the newly arrived BioNTech vaccine from Monday. Photo: Felix Wong

सिनोभ्याकको खोपलाई हङकङकी कार्यकारी प्रमुख क्यारी लामले समेत लगाएकी थिइन्। उनको अवस्था भने सामान्य भएको बताइएको छ।

हङकङ आइपुगेका खोपहरु पहिलो खेपमा ६० वर्षमा माथिका नागरिक, स्वास्थ्य क्षेत्रका कर्मचारी, सीमा क्षेत्रमा गाडी चलाउने व्यक्ति, विमान कर्मचारी, माझी तथा केयर होमका मानिसलाई लगाइनेछ।

फाइजर तथा बायोएनटेकको यस खोप ८७ देखि ९२ प्रतिशतसम्म कोरोना प्रतिरोधी भएको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .