७० वर्षको उमेरमा गत शनिबार उनको निधन भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङ चलचित्र संघका प्रमुख तेंकी तिन काइ–मानका अनुसार ताइ वाइको युनियन हस्पिटलमा साँझ ५ बजेर १६ मिनेट जाँदा गो मिनको निधन भएको हो।
निद्रामै हुँदा गो मिनले प्राणा त्यागेको उनको भनाइ छ। गो मिन सन् १९५१ मा चीनको सियामिनमा जन्मिएका थिए।
५ वर्षको हुँदा उनी हङकङ आएका थिए।
गो मिनले साओलिन सक्कर, फाइट ब्याक टु स्कुल, अल फर दि विनर, किङ्ग अफ कमेडी लगायत दर्जनौं चर्चित फिल्मा काम गरेका थिए।
प्रतिक्रिया