उनीहरुले नक्कली पिस्तोल बोकेका थिए। त्यो नक्कली पेस्तोल पानी फ्याँक्ने पेस्ताल थियो।
जब उनीहरु सिउङ सुईको फाइनान्समा प्रवेश गरे उनीहरुले त्यहाँका कर्मचारीलाई नक्कली पेस्तोल देखाएर २० करोड हङकङ डलर मागेका थिए।
सुरुवातमा त्यहाँका कर्मचारी डराएका थिए। तर जब उनीहरुले पेस्तोल नक्कली भएको थाहा पाए उनीहरुले बन्दुक नक्कली भएको बताएका थिए।
कर्मचारीहरु डराउनुको साटो हाँसेपछि ती दुवै लुटेरा फाइनान्सबाट भागेका थिए। त्यो बेलासम्म कर्मचारीहरुले प्रहरीलाई खबर गरिसकेका थिए।
लुटेरामध्ये एकलाई हाल गिरफ्तार गरिएको छ। २७ वर्षका लुटेरा पक्राउ पर्दा ३० वर्षका अर्का लुटेरा फरार भएको बताइएको छ।
प्रहरीका अनुसार सो फाइनान्सबाट केही लुटपाट भएको छैन। एससीएमपी
प्रतिक्रिया