मुख्यक्षेत्र चीनले प्रतिबन्ध लगाएको हङकङको फालुन गोङ आध्यात्मिक समूहसँग सम्बन्धित पत्रिका द इपोट टाइम्समा कार्यरत महिला पत्रकारमाथि कुटपिट भएको हो।
मंगलबार बिहान साढे ११ बजे काउलुनमा दुई अपरिचित व्यक्तिले आएर दश पटक ब्याटले आफ्नो खुट्टामा हिर्काएको ४९ वर्षकी पीडित महिलाले प्रहरीलाई बताएकी छिन्।
ती आक्रमणकारी मर्सिडिज बेन्जमा आएका थिए। झन्डै एक मिनेटपछि ती दुवै पुरुष भागेका थिए।
हालसम्म प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न सकेको छैन। घाइते महिलाको भने याउ मा तेइको क्विन इलिजाबेथ अस्पतालमा उपचार भइरहेको छ।
यसअघि गत अप्रिल १२ मा चार पुरुषले महिला काम गर्ने पत्रिकामा गएर तोडफोड गरेका थिए।
इपोच टाइम्स पत्रिका आफूप्रति आलोचक भएको भन्दै मुख्यक्षेत्र चीनले भने त्यसलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। एससीएमपी
प्रतिक्रिया