मंगलबार राति साम सुई पोको एक पार्कमा १३ र १८ वर्षका दुई दाजुभाई अर्का दुई साथीहरुसँग गफगाफ गरिरहेका थिए।
राति ११ बजेर ४८ मिनेटजाँदा उनीहरुमाथि आक्रमण भएपछि दुई दाजुभाईका आमा–बुबा त्यहाँ झगडा छुट्याउन गएका थिए।
तर काठ र फलामको डन्डा बोकेर आएका उनीहरुले सबैमाथि आक्रमण गरेका थिए। आक्रमणकारी सबै किशोरहरु भएको बताइएको छ।
हाल आक्रमणमा संलग्न भएका एक १५ वर्षका एक किशोर पक्राउ परिसकेका छन्। अन्य १२ को खोजी भइरहेको छ।
साम सुई पोको सेक किप मेइ स्टेटको मे यिन हाउस अगाडिको पार्कमा भएको आक्रमणको विषयमा यतिबेला प्रहरीले अनुसन्धान थालेका छन्।
हाल आक्रमणमा परेका ६ जनाको यतिबेला क्यारिटास मेडिकल सेन्टरमा उपचार भइरहेको छ। एससीएमपी
3
Shares
प्रतिक्रिया