एससीएमपीका अनुसार आइतबार मध्यान्न भिक्टोरिया पार्क हुँदै हजारौं प्रदर्शनकारीले सरकार विरोधी नारा लगाए।
झरी पर्दासमेत प्रदर्शनकारीहरुले प्रदर्शन नरोकेको जनाइएको छ। उनीहरुले छाता ओढेरै प्रदर्शनमा भाग लिएका थिए।
हङकङमा त्यहाँको सरकारले प्रस्ताव गरेको सुपुर्दगी विधेयकलाई लिएर वृहत प्रदर्शन भइरहेको हो।
केही समययता जारी प्रदर्शनले हिंस्रक रुप लिँदै गएको छ। लाखौं प्रदर्शनकारीले यस विधेयकको विरोध गरिरहेका छन्।
(भिडियो)
Pouring rain in #HongKong but tens of thousands still protesting today... chanting ‘Hong Kong people, keep going’. The rally is seen as a measure of public support for the protest movement, after 11 consecutive weekends and increasingly violence. @NBCNews @NBCNightlyNews @MSNBC pic.twitter.com/N1wmMC1eU8
— Janis Mackey Frayer (@janisfrayer) August 18, 2019विरोधका बीच उक्त विधेयक छलफलमा जान सकेको छैन्। हङकङको सुपुर्दगी विधेयक अनुसार हङकङ सरकारले अपराधमा आरोपित व्यक्तिहरुलाई चीनमा अनुसन्धानका लागि पठाउनसक्ने प्रावधान भएको बताइएको छ।
हङकङको स्वतन्त्रता गुम्ने खतरा भएकाले आन्दोलन गरेको प्रदर्शनकारीहरुको भनाइ छ। सरकार भने यस विधेयक पारित भए पनि हङकङको स्वतन्त्रतामा कुनै असर नपुग्ने बताउँछ।
Shares
प्रतिक्रिया