आईतबार जोर्डनस्थित बगैंचा रेस्टुरेन्टमा सम्पन्न आठाै वार्षिकोत्सवको भेलाले सुनितालाई संयोजक नियुक्त गरेको हो।
सह–संयोजकमा भने चित्रकार दिपेन्द्र राई चयन भएका छन्। दुवैको कार्यकाल २ बर्षको हुनेछ।
अघिल्लो कार्यकालमा हाल संयोजक चुनिएकी सुनिता सह–संयोजक थिइन्। ‘माईत जाने बाटो’ कविता संग्रहकी सर्जकसमेत रहेकी सुनिताले आफूमाथि विश्वास गर्दै थप जिम्मेवारी दिएको सबैलाई धन्यवाद दिइन्।
नेपालखबरसँग कुरा गर्दै सुनिताले भनिन्,‘शृङ्खलाको परम्परालाई निरन्तरता दिदै थप गतिविधि हरु सन्चालन गर्नेछाै। साथै कार्यकालको पहिलो बर्ष एक कृति प्रकाशन गर्नेछौं भने कार्यक्रमको फर्म्याट परिवर्तन गरेर ईनडोरबाट आउटडोरमा लैनाजे सोचमा छौं। यसले थप साहित्यिक माहौल सिर्जना गर्नेछ भन्ने हाम्रो विश्वास रेहेको छ। यस कार्यले नव प्रतिभाहरुलाई मन्च प्रदान गर्नेछ।’
आइतबार कार्यक्रमा हङकङलाई कर्मभूमि बनाउँदै नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान पुर्याएका सर्जकहरु अतित मुखिया, सुनिता गिरी, दाजु गुरुङ, दिपेन्द्र राईलाई ताम्रपत्रसहित हङकङ डलर १ हजार १११ ले सम्मान गरिएको थियो। कार्यक्रममा युवा नवप्रतिभातर्फ विद्यार्थी इक्सा लिम्बु र जस्मिना दुरालाई समेत पुरस्कृत गरिएको थियो।
आठ बर्ष अगाडिबाट कृयाशिल रहेको शृङ्खलाले ४ वटा कृतीहरु प्रकाशित गरिसकेको छ।
शृंखलाले हरेक महिनाको अन्तिम आइतबार हङकङमा रहेका नेपाली साहित्यिक सर्जकहरु भेला गराई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समिक्षा लगायतका गतिविधि गर्दै आएको छ।
कार्यक्रममा साहित्यानुरागीहरुले आ–आफ्नो सिर्जना बाचन गरेका थिए भने हङकङकै बिद्यालयमा १ कक्षामा भर्ना भएकी ६ बर्षीया सुनिस्का याख्खाले आफ्नो सिर्जना बाचन गरेर सबैलाई आश्चर्य चकित तुल्याएकी थिईन।
कविता बाचन गर्दै ६ बर्षिय सुनिस्का याख्खा
प्रतिक्रिया