मुख्यभूमि चीनका पत्रकारलाई दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा पक्राउ परेका हङकङका १९ बर्षीय अभियुक्तलाई जमानतमा छाड्न हङकङको इस्टर्न अदालतले अस्वीकार गरेको छ।
१९ वर्षीय अभियुक्त लाई युन–लोङले आफूलाई जमानतमा छाड्न अदालतमा आग्रह गरेका थिए। तर अदालतले उनको आग्रहलाई अस्वीकार गरेको हो।
गत मङ्गलबार अन्तर्राष्ट्रिय विमानास्थल चेप लाप कोक कब्जा गरेर बसेका हजाराै प्रदर्शनकारीहरुले चीनको राज्य नियन्त्रित ग्लोबल टाइम्सका पत्रकार फु गुओहओ लाई प्लास्टिकको डोरिले बाँधेर दुव्र्यवहार र कुटपिट गरेका थिए।
उक्त घटनामा १९ वर्षीय लाई युन–लोङलाई मुख्य आरोपी मानिएको छ। त्यसकारण प्रहरीले उनालाई पक्राउ गरेको हो।
अभियुक्त लोङले सरकारविरुद्ध गैरकानुनी भेला गरेको, चोटपटक पुर्याउने शारीरिक हमला गरेकोजस्ता कसुरको सामना गर्नेछन्।
अभियुक्तका तर्फबाट कुनै बिन्तिपत्र हालिएको छैन। प्रहरीले थप अनुसन्धानका लागि उक्त मुद्दालाई अक्टोबर २८ सम्म स्थगित गरेको आरटीएचकेले बताएको छ।
प्रतिक्रिया