हङकङको आन्तरिक राजस्व विभाग (आईआरडी)ले आ.व. २०२३/२४ को लागि व्यक्तिगत र व्यावसायिक क्षेत्रमा ६ लाख ५० हजार कर फिर्ता (रिटर्न ट्याक्स) गर्ने भएको छ।
जसमा दुई लाख २० हजार नाफा कर, एक लाख २० हजार सम्पत्ति कर र ३ लाख १० हजार रोजगारदाताको कर फिर्ता समावेश छ।
यसबाहेक आगामी मे २ मा लगभग २४ लाख ४० हजार व्यक्तिको कर फिर्ता गरिने भएको छ। यसबीचमा करदाताले आफ्नो आय विवरण र अवस्थाबारे अवगत गराउने पर्याप्त समय पाउनेछन्।
विवरण बुझाउने प्रक्रिया विभागको वेबसाइटमा गई एफएक्यू खण्डबाट बुझ्न सकिने जनाइएको छ।
यस खण्डमा सोधिएका प्रश्नको जवाफ दिइनेछ भने कर रिटर्न फाइलको प्रक्रिया सही रूपमा पूरा गर्न मार्गदर्शन दिइन्छ।
आफूले प्राप्त गरेको सुविधाको उपभोग गर्दै करदातालाई लाभकर फिर्ता फाइल गर्न प्रोत्साहित गरिने विभागले जनाएको डिमसम दैनिकमा समाचार छ।
21
Shares
प्रतिक्रिया