हङकङमा गर्मी बढेको छ। यो तापक्रम अर्को हप्तासम्म कायम रहने अब्जर्भेटरीले जनाएको छ।
मंगलबार दिउँसो १२:५० को मापनअनुसार सहरको तापक्रम २८.१ डिग्री सेल्सियस रहेको थियो।
अब्जर्भेटरीको अनुमान अनुसार आज (मंगलबार)देखि बिहीबारसम्म अधिकतम तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्नेछ।
दक्षिणी वायुको प्रभावका कारण अझै केही दिन मौसम तातो रहने पूर्वानुमानकर्ताको आँकलन छ। अझ बिहीबार वर्षा समेत हुने सक्ने अब्जर्भेटरीले जनाएको छ।
मंगलबारदेखि बिहीबारसम्म न्यूनतम २६ देखि अधिकतम ३१ डिग्री सेल्सियससम्म रहने तापक्रम शुक्रबारबाट भने केही घट्नेछ।
अब्जर्भेटरीका अनुसार शुक्रबारदेखि अर्को बुधबारसम्मको तापक्रम २७ देखि ३० डिग्री सेल्सियसको बीचमा रहनेछ।
78
Shares
प्रतिक्रिया