बेलायतमा सम्पन्न ‘औटम’ टेनिसको उपाधि कृष्ण थापामगरलाई, भेटेरन्सतर्फ मगेन्द्र राईले जिते

बेलायतमा सम्पन्न ‘औटम’ टेनिसको उपाधि कृष्ण थापामगरलाई, भेटेरन्सतर्फ मगेन्द्र राईले जिते

विजेताद्वय क्रमशः कृष्ण थापामगर र मगेन्द्र राई।


नेपालखबर
असोज २१, २०८० आइतबार ७:४७, हङकङ

गोर्खा नेप्लिज टेनिस क्लब बेलायतले आयोजना गरेको एक दिवसीय ‘औटम’ टेनिस टुर्नामेन्ट २०२३’ को प्रमुख उपाधि कृष्ण थापा मगरले जितेका छन्।

त्यसैगरी भेटेरन्सतर्फको शीर्ष उपाधि मगेन्द्र राईले हात पारेका छन्। 

शनिबार अल्डरसटस्थित आर्मी टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन एतर्फको फाइनल खेलमा थापाले देव गुरुङलाई ४–१, ५-३, ४–१ को सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन्। 

फाइनल खेल फास्ट फोर बेस्ट अफ फाइभ फर्म्याटमा खेलाइएको थियो। विजेता थापा बेलायती सेनाका पूर्वखेलाडी हुन्।

त्यसैगरी ओपन बीतर्फ उपेन राईले क्याथरिनलाई सोझो सेटमा हराए।

भेटेरन एतर्फको शीर्ष उपाधि मगेन्द्र राईले हात पारे। ४५ प्लस उमेर समूहमा राईले पन्च पुनलाई हराई उपाधि जितेका हुन्। राईले फाइनल खेलमा पुनलाई ४–१, ५–३ को सोझो सेटमा हराई उपाधि हात पारेका हुन्। राई गत वर्षको डिफेन्डिङ च्याम्पियन समेत हुन। हाल बेलायतमा रहेका राई नेपालखबर हङकङका समचार संयोजक हुन्। 

त्यसैगरी भेटेरन बी ५५ प्लसतर्फ नमराज गुरुङले मोती घलेलाई हराए।

डबल्स डिभिजन एतर्फ प्रकाश गुरुङ र गज लिम्बुको जोडीले सरोज राई र सुवास पुनलाई हराए भने बीतर्फ भीष्म गुरुङ र मोती रेसपुन्जा को जोडीले दीपेश रोका र नरहरी बस्नेतको जोडीलाई हराए।

त्यसैगरी लिडिज सिङ्गल्सतर्फ थाडोईले आशा पुनलाई हराए। 

प्रतियोगितामा ७० भन्दा बढी नेपाली टेनिस खेलाडीको सहभागिता थियो।

प्रतियोगिताका विजेता र उपविजेतालाई क्लबका महासचिव सरोज राईले ट्रफी प्रदान गरे।

पुरस्कार वितरण समारोह क्लबका सचिव क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

क्लबले हरेक वर्ष स्प्रिङ, समर, औटम र विन्टर गरी प्रमुख चार प्रतियोगिता आयोजना गर्ने गरेको छ।

क्लबले आगामी डिसेम्बरमा नेपाल–भारत टेनिस टुर को अन्तिम तयारी भइरहेको महासचिव मेजर सरोज राईले नेपालखबरलाई जानकारी गराए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .