ad ad

छापा खबर


को बन्ला सभामुख ?

को बन्ला सभामुख ?

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ०:१७,

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ।

सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल सुरु भएको खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

आउँदो पुस ४ गते हिउँदे अधिवेशन सुरु हुँदै छ।

शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालिन माओवादीको भागमा पारिएको थियो।

त्यसैले अहिले पनि सभामुख पद आफूहरुले नै पाउनु पर्ने पक्षमा पूर्वमाओवादी नेता छन्।

पूर्वएमालेहरु भने पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन्।

पूर्व एमालेबाट सुवासचन्द्र नेम्बाङ र पूर्व माओवादीबाट अग्नी सापकोटालाई सभामुखको मुख्य दावेदारको रुपमा हेरिएको छ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि सभामुख पदमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै आएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .