ad ad

छापा खबर


त्रिभुवन विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजलाई पनि उडान-अवतरणको अनुमति

त्रिभुवन विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजलाई पनि उडान-अवतरणको अनुमति

नेपालखबर
पुस ३, २०७६ बिहिबार १:२०,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन्।

विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।

यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्धारण गरेको फोर-ई सम्मका विमान बोइङ ७७७ र एयरबस ३३०/ ३८० सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन्।

तर विमानस्थलमा एकै सयममा फोर-ई श्रेणीका विमान भने गुड्न पाउने छैनन्।

विमानस्थलको स्तरोन्नतीसँगै यसअघि लगाइएको लोडको सीमा हटाइएको हो।

धावनमार्गको ३ हजार ५० मिटर लम्बाइ र ६० मिटर चौडाइको कालोपत्रे पूर्ण रुपमा फालेर नयाँ कालोपत्रे गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .