ad ad

छापा खबर


बिहे नगरी पाँच सन्तानका बाउ बनेका युवा भन्छन्- कस्ताे हाेला त्यसकाे अनुहार?

बिहे नगरी पाँच सन्तानका बाउ बनेका युवा भन्छन्- कस्ताे हाेला त्यसकाे अनुहार?

नेपालखबर
पुस ३, २०७६ बिहिबार २:२५,

जानकारीका अनुसार नेपालमा आफन्तबाट वीर्य या डिम्बर दान लिन रोकतोक छैन, तर व्यवसायिक रुपमा खरिद बिक्रीसम्बन्धी कानुनी नीति छैन।

वीर्य दान दिएर धेरै युवा वाउ बनेका छन्, तर उनीहरुले आफ्ना सन्तान भने चिन्दैनन्।

वीर्यदाताको कथासहितको खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकमा रीना मोक्तानले लेखेकी छन्।

वीर्य दान गरेपछि त्यो कसले लियो, कसले दियो गोप्य रहन्छ।

साहिल नाम गरेका युवाले अहिलेसम्म पाँच पटक वीर्यदान गरिसके। तर, उनको वीर्यबाट को महिला गर्भवती भइन् र बच्चा जन्माइन् उनलाई थाहा छैन।

‘मैले जुन परिवारकोलागि स्पर्म डोनेट गरेँ, उहाँहरुको खास समस्या मलाई थाहा छैन,’ साहिल भन्छन्, ‘सायद श्रीमानबाटै बच्चा नभएको होला। मैले वीर्यदान गर्दा उनीहरुको बच्चा भएपछि मलाई जानकारी गराउनु है भनेको छ।’

आफ्नो वीर्यबाट कस्तो बच्चा जन्मियो होला भनेर खुल्दुली लागिरहने उनले बताए।

जसरी क्लिनिकको संख्या बढिरहेको छ, वीर्य र डिम्ब दान गर्नेहरुको संख्या पनि बढ्दै छ। वीर्य र डिम्ब दानबारे जानकार स्रोतका अनुसार कसैले निःशुल्क दान पनि गरिरहेका छन्, कतिले शुल्क पनि पाउँछन्।

पतिबाट गर्भ नरहेको अवस्थामा विकल्पका रुपमा महिलाले गर्भधारणको लागि अन्य व्यक्तिको वीर्य लिने चलन विश्वभर चलिरहेको प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा गेहनाथ बरालले बताए।

‘वीर्य दान गर्नु भाडामा कोख लिनु हैन। त्यसैले यो सेरोगेसी पनि हैन। यो बाँझोपनको उपचार हो। तर यसबारे पनि प्रष्ट नीति हुन भने आवश्यक छ,’ बरालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .