ad ad

छापा खबर


कलेजोले गर्ने काममा मदिराले यसरी गर्छ हानी

कलेजोले गर्ने काममा मदिराले यसरी गर्छ हानी

नेपालखबर
असार १५, २०७६ आइतबार १:३१,

पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने मानिसको संख्या बढ्दो छ। जसको मुख्य कारण मदिराजन्य पदार्थ हो।

रक्सीले कलेजो, मुटु, मस्तिष्क, आन्द्रा तथा खानेनली आदिमा असर गर्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा डा.जीवेश्वरलाल झाले लेखेका छन्।

रक्सीले हाम्रो शरीरमा एल्डिहहाइड नामक रसायन उत्पादन गर्छ। जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ।

लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अबस्था आउँछ।

सिरोसिया कलेजो कडा हुने समस्या हो। सिरोसिया हुँदा आँखा पहेँलो हुने, रगत बान्ता हुने, पेटमा पानी जम्मा हुने, बेहोस हुने र मिर्गौलामा समस्या देखिन्छ।

रक्सी सेवनले हेपाटाइटिसको समस्या पनि हुने गर्छ। जन्डिस देखिने, खान मन नलाग्ने, दाहिने कोखा दुख्ने, ज्वरो आउने र कमजोर महसुर हुनेजस्ता लक्षण देखिन्छ।

हल्कोहलले कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ। रक्सी सेवन पूर्ण रुपमा छाडेमा कलेजो सामान्य रुपमा फर्किन पनि सक्छ।

कलेजो शरीरभित्रको दोश्रो ठूलो अंग हो। यसले शरीरलाई आवश्यक उर्जा भण्डारण गर्ने, विषाक्त पदार्थ बाहिर निकाल्ने र खाना पचाउने काम गर्छ।

यो करिब पाँच सयभन्दा बढी शारीरिक गतिबिधिमा संलग्न हुन्छ।

कलेजोले प्रोटिन, कार्बोहाइडेट र फ्याटलार्य समेत पचाउने काम गर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .