ad ad

छापा खबर


लोप हुनै लागेको सुनौलो बिरालो गौरीशंकर संरक्षण क्षेत्रमा फेला पर्‍याे

लोप हुनै लागेको सुनौलो बिरालो गौरीशंकर संरक्षण क्षेत्रमा फेला पर्‍याे

नेपालखबर
फागुन ७, २०७६ बुधबार ०:०,

संकटासन्‍न अवस्थामा पुग्‍न लागेको सुनौलो बिरालोको नयाँ पश्चिमी अवस्थिती फेला परेको छ।

गौरीशंकर संरक्षण क्षेत्रको जैविक विविधता अध्ययन गरिरहेका ६ जना अनुसन्धानकर्मीहरुले सुनौलो बिरालोको नयाँ अवस्थिती पत्ता लगाएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सोमबार ‘जर्नल अफ थ्रिटेन ट्याक्सा’ मा प्रकाशित अनुसन्धानले अब सुनौलो बिरालोको नयाँ पश्चिमी अवस्थिती नेपालको गौरीशंकर संरक्षण क्षेत्र भएको जनाएको छ।

सेन्टर फर पोस्ट ग्रयाजुएट स्टडिज एवं पोखरा विश्वविद्यालयका उपप्राध्यापक नारायणप्रसाद कोजू, त्रिविका उपप्राध्यापक मनकुमार धमला, श‌ंकर थामी, विजय बस्याल, सत्यनारायण साह र विष्णु पाण्डेले यसको अनुसन्धान गरेका थिए।

इन्डोनेसिया, म्यानमार, भुटान, भारत, चीनलगायत दक्षिण पूर्वी एसियाली देशहरुमा यो बिरालो पाइन्छ। यसअघि गरिएका अनुसन्धानहरुले पश्चिमी क्षेत्रमा नेपालको मकालु बरुण राष्ट्रिय निकुञ्जसम्म पाइने उल्लेख थियो।

गौरीशंकर संरक्षण क्षेत्रमा यो जीव भेटिएसँगै यसको फैलावट त्यहाँसम्म देखिएको हो।

सानो बिरालो प्रजातिको यो जीव नेपालमा पहिलो पटक सन् २००९ मा यादव घिमिरेले मकालु बरुण राष्ट्रिय निकुञ्जमा फेला पारेका थिए।

सन् १९९३ यो बिरालोको छालाबाट निर्मित ९ वटा कोट काठमाडौंमा फेला परेको थियो। त्यसबेला भारतबाट तस्करी गरेर ल्याइएका बिरालोबाट कोट निर्माण गरिएको खुलेको थियो।

त्यसपछि यसबारे नेपालमा गरिएको पहिलो अनुसन्धान २००९ मा प्रकाशित भएको अनुसन्धानकर्ता कोजूले जानकारी दिए।

यस्तै, २०१९ मा तीनजुरे मिल्के जलजले क्षेत्रमा पनि यो पाइएको थियो।अनुसन्धानकर्ता कोजूका अनुसार यो जीवमध्यपहाडी क्षेत्रमा पाइने बताए। यो जीव २ हजारदेखि ३२ सय मिटरको उचाइमा पाइने कोजूले बताए।

अर्का अनुसन्धानकर्ता मनकुमार धमलाका अनुसार सुनौलो बिरालो साना बिराला प्रजातिहरुभित्र पर्ने र संसारमा यसको संख्या घटिरहेको बताए।

छाला र रौंका लागि यसको चोरी सिकारी हुने गरेको छ। बासस्थानको विनाशले यो संसारबाट घटिरहेकोर नेपालमा यसको संख्या यकिन नभएको धमलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .