ad ad

राजनीति


प्रधानमन्त्रीको एन्जिओग्राफी गरियो, रिपोर्ट सामान्य आएकाले निवास फर्काइने

प्रधानमन्त्रीको एन्जिओग्राफी गरियो, रिपोर्ट सामान्य आएकाले निवास फर्काइने

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १६:१,

प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरिएको छ।

मंगलबार साँझ छाती दुखेपछि उनी परीक्षणका लागि अस्पताल पुगेका थिए। चिकित्सकले उनलाई तत्काल एन्जियोग्राफी गर्न सुझाएका थिए।

सो परीक्षणको रिपोर्ट सामान्य आएको चिकित्सकहरुले बताएका छन्।

प्रधानमन्त्री ओलीलाई आजै निवास फर्काइने उनको सचिवालयले जानकारी दिएको छ।

गत मंसिरमा प्रधानमन्त्रीले सोही अस्पतालमा अपेन्डिसाइटिसको अप्रेसन गराएका थिए। मिर्गौला प्रत्यारोपण गरेका ओली पछिल्लो समय बारम्बार बिरामी पर्न थालेका छन्। उनको नियमित डायलासिस हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .