ad ad

छापा खबर


महामारीसँगै ‘निरोगी नेपाल’

महामारीसँगै ‘निरोगी नेपाल’

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १:५८,

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित अगाडि बढेको सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारीसँगै ‘निरोगी नेपाल’ को थप रणनीति अगाडि सारेको छ।

नागरिकमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद लगायत वैकल्पिक उपचार पद्धतिमा सरकारले जोड दिएको खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

सरकारले २६ वर्षपछि ‘आफ्नो गाउँ आफैँ बनाउँ’ अभियानलाई पुनः ब्युँझाएको छ । सोही भावना अनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका कार्यमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालन गरिनेभएको छ।

विपन्न परिवार लक्षित यस कार्यक्रम अन्तर्गत श्रममूलक सामाजिक तथा भौतिक विकासका आयोजना सञ्चालित हुनेछन् । यस्तै सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले निरन्तरता पाएको छ । सो कार्यक्रम मार्फत दुई लाख रोजगारी उपलब्ध गराउने लक्ष्य सरकारको छ।

यस्तै आगामी वर्षभित्र सर्वेक्षणबाट गरिब पहिचान भएका घर परिवारलाई स्थानीय तह मार्फत ‘राज्य सुविधा परिचय पत्र’ वितरण गरिनेभएको छ । स्थानीय तह सँगको समन्वयमा विभिन्न मन्त्रालयबाट सञ्चालन हुने गरिबी निवारण तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम एकीकृत गरी ‘राज्य सुविधा परिचय पत्र’ प्राप्त गर्ने परिवारमा लक्षित गरिने जनाइएको छ।

यस्तै ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना’ लाई पुनर्संरचना गर्दै स्थानीय सम्भावनाका आधारमा ‘एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिनेभएको छ । आगामी आर्थिक वर्ष कृषि र पशुपालनका थप २५० पकेट क्षेत्र विकास गरिनेभएको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा ‘एक कृषि पकेट क्षेत्र’ रहने छ।

सरकारले उत्पादनशील तराई मधेसका क्षेत्रमा ‘समृद्ध तराई मधेस सिँचाइ’ विशेष कार्यक्रम ल्याएको छ । आगामी वर्ष तराई र भित्री मधेसका २५ जिल्लाका २२ हजार हेक्टर कृषियोग्य जमिनमा भूमिगत सिँचाइ सुविधा पु¥याउने लक्ष्य बजेटले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .