ad ad

छापा खबर


अञ्जु पन्तलाई प्रश्न : अचेल तपाईंको चर्चा किन कम?

अञ्जु पन्तलाई प्रश्न : अचेल तपाईंको चर्चा किन कम?

नेपालखबर
असार ३०, २०७६ सोमबार ४:०,

सुमधुर स्वरकी धनी अञ्जु पन्त पछिल्लो समय खास चर्चामा छैनन्। उनी अहिले सामाजिक काममा लागेकी छन्।

आर्थिक अवस्था कमजोर भई स्कुल जान नसकेकका बालबालिकालाई ‘अञ्जु पन्त फाउन्डेसन’ मार्फत किताब, कापी, कपडाजस्ता सामग्री जुटाइरहेकी छन्।

उनीसँग राज सरगमगले युट्युब र गीतबारे गरेको संवाद आजको नयाँ पत्रिकामा छापिएको छ। त्यसका केही अंशः

अचेल तपाईंको चर्चा किन कम भयो?
गीत त निरन्तर गाइरहेकै छु। पछिल्लो समय मिडियामा भने कम आइरहेको हो। के बोल्ने! कुरा उही हुन्। के बोल्ने र? दैनिक चार गीत रेकर्ड गराइरहेकी छु। त्यसकारण गीत–संगीतबाट भने ताढा छैन।

पछिल्लो समय गाएका गीत कम हिट भएर हो?
‘सुर्के थैली’ गीत निकै हिट भयो। गीत उत्पादन गर्नेले अनावश्यक पब्लिसिटी गर्न नसकेर चर्चा नभएको हुन सक्छ। तर स्रोताले सुनेकै छन्। फेरि अहिले भ्युअर्सको चक्करले राम्रा गीत ओझेलमा परिरहेका छन्।

त्यसो भए युट्युब च्यानल विश्वासयोग्य छैनन्?
विश्वासिलो त छ। तर त्यसमा पनि विकृति ल्याइयो। रोयल्टीमा पनि चलाखी गरिने रहेछ। अवार्ड किनबेचझैँ भ्युअर्स पनि किनबेच हुन्छ भनेको सुनेँ। अनि ‘बुस्ट’ गरेर गीत हिट बनाउने चलन पनि आयो। त्यस्तो हुँदा कुन लोकप्रिय हो र कुन होइन भन्ने थाहा हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .