ad ad

छापा खबर


स्थानीय तहमा बेथिति : आठवटा रूख काट्न ६ लाख खर्च, तालिममा सहभागी ५४, देखाइयो एक हजार

स्थानीय तहमा बेथिति : आठवटा रूख काट्न ६ लाख खर्च, तालिममा सहभागी ५४, देखाइयो एक हजार

नेपालखबर
असोज २३, २०७७ शुक्रबार २३:३९,

सीतापाइला–रामकोट–भीमढुंगा सडकमा आठवटा पीपलका रूख थिए।

नागार्जुन नगरपालिकाले ती रूख काट्न ६ लाख ५२ हजार रुपैयाँ खर्च ग¥यो, जसअनुसार एउटा रूख काट्न ८१ हजार पाँच सय रुपैयाँ लाग्यो।

रूख कटान शीर्षकमा सनराइज कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चार लाख ५२ हजार र अर्को सेवाप्रदायकले दुई लाख रुपैयाँ भुक्तानी लिएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

कटान भएका रूखको बिक्री आय र मौज्दात विवरणसमेत खुलाइएको छैन । महालेखाले लागत अनुमान, मूल्यांकन र प्रतिस्पर्धाविनै नगरपालिकाले रूख कटानमा अस्वाभाविक खर्च गरेको भन्दै प्रश्न उठाएको छ।

सडक विभागमार्फत निर्माणाधीन सडकमा अहिले पनि काम जारी छ । त्यसमध्ये सीतापाइला–हरिसिद्धि खण्ड कालोपत्रे भइसकेको छ । हरिसिद्धि–भीमढुंगा खण्डमा कालोपत्रे बाँकी छ।

नागार्जुन नगरपालिकाले नै आफ्नै स्रोत, साधन, जनशक्ति र उपभोक्ताबाट गर्न सकिने कामसमेत गैरसरकारी संस्थामार्फत गराएको छ।

महालेखाका अनुसार नगरपालिकाले गैरसरकारी संस्थालाई जनचेतनामूलक तालिम, अभिमुखीकरणजस्ता दुई सय १४ वटा कार्य सञ्चालन गर्न चार करोड ६० लाख २८ हजार रुपैयाँ दिएको छ।

महालेखा प्रतिवेदनअनुसार नगरपालिकाले ३० पुस ०७५ मा गरेको एक कार्यक्रममा ५४ जना मात्रै सहभागी थिए । तर, कार्यक्रममा उपस्थित संख्या एक हजार देखाएर जनही दुई सय २६ रुपैयाँका दरले खर्च लेखिएको छ।

त्यसरी नै विभिन्न कार्यक्रममा सहभागी संख्या बढाएर चार लाख २८ हजार रुपैयाँ खर्च भएकाले महालेखाले प्रश्न उठाएको छ।

यस्तै, कीर्तिपुर नगरपालिकाले आव ०७५÷७६ मा विनियोजित ९४ करोड रुपैयाँमध्ये करिब ६२ करोड मात्रै खर्च ग¥यो । खर्च भएकोमध्ये पेस्की मात्रै ६ करोड ३४ लाख १८ हजार रुपैयाँ छ । महालेखा प्रतिवेदनअनुसार नगरपालिकाले अघिल्लो आव ०७४÷७५ कै ३१ करोड ८२ लाख ४७ हजार रुपैयाँ पेस्की फस्र्योट भएको छैन।

सरकारी खर्चमा हुने सेमिनार, गोष्ठी, तालिम आयोजना गर्दा सरकारी कार्यालयमै गर्नुपर्ने व्यवस्था छ । तर, कागेश्वरी मनोहरा नगरपालिकाले महँगा होटेलमा कार्यक्रम राखेर बिल भर्पाईमा प्रयोजनसमेत नखुलाई २१ लाख रुपैयाँ खर्च गरेको छ।

जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा सल्लाह सुझाब संकलनका लागि भएको एउटै कार्यक्रममा नगरपालिकाले सात लाख २२ हजार रुपैयाँ खर्चेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .