ad ad

छापा खबर


भान्सालाई नै बनाउन सकिन्छ कोरोना औषधालय, यस्तो एक विज्ञको अनुभव

भान्सालाई नै बनाउन सकिन्छ कोरोना औषधालय, यस्तो एक विज्ञको अनुभव

नेपालखबर
असोज २४, २०७७ शनिबार १:५१,

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २०० शय्याको आइसोलेसन सेन्टर छ।

यहाँ आधुनिक तरिकाले आयुर्वेदिक औषधिको पद्धतिबाट कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। यही पद्धतिबाट गरिएको उपचारबाट कोरोनाका बिरामीले राम्रो लाभ पाउँदै आएका छन्।

छिटोछिटो निको भएर घर फर्कने क्रम बढ्दो छ। ‘सुरु सुरुमा हामीले सातदेखि १० दिनमै बिरामीलाई निको बनाएर पठाएका थियौँ, तर बीचको अवधिमा पीसीआर परीक्षण गर्न ढिलाइ हुँदा कतिपय बिरामीलाई बढी समय राख्नुप¥यो,’ आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख डा.रामअधार यादवले भने, ‘सरकारको निर्देशानुसार नै सङ्क्रमितलाई औषधोपचारपछि पीसीआर परीक्षण गराई कोरोना सङ्क्रमणमुक्त बनाएर घर पठाएका छौँ।’ यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

डा. यादव भन्छन्:

कोरोना सङ्क्रमितहरू केन्द्रमा आएपछि पहिलो प्राथमिकता नै आयुर्वेदिक औषधिलाई खान दिन्छौँ । धेरैजसो बिरामीलाई रुघा, खोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने गरेको पाइएको छ । त्यस्तै कतिपयलाई पखाला लाग्ने, स्वाद हराउने, गन्ध थाहा नपाउनेजस्ता लक्षण पनि देखिएका छन् । यस्ता बिरामीलाई केन्द्रले नै अनुसन्धान गरेर तयार पारेको आयुर्वेदिक औषधिलाई दुई दुई गोलीका दरले दिनमा तीन पटक दिने गरेका छौँ । यसबाट बिरामी छिटो छिटो निको हुने गरेका छन्।

गोलीको औषधिले ज्वरो आउनेलाई ज्वरो कम हुने, खोकी लाग्नेलाई खोकी कम हुने, रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्छ । एउटै गोलीमा सबै गुण भएका चिजहरू मिलाएर बनाएको औषधिबाट रोगीको उपचार गरिरहेका छौँ। एउटै हालसम्म केन्द्रमा करिब सात सय बिरामी निको भएर घर फर्केका छन् भने अहिले पनि १५० जना उपचाररत छन् । यहाँ बस्नेलाई मात्रै यो औषधि उपलब्ध छ।

औषधि राम्रो भए पनि यो औषधि अहिले बजारमा पठाउन अनुमति छैन । यो औषधि भनेको गुर्जो, सुठो (अदुवा), पिप्ला, मरिच, दालचिनी, तुलसीलगायत सबै मिलाएर बनाएको गोली हो । यस्ता औषधि घरमै बसेर सेवन गर्नुहोस्।

सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन।

त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ।

घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ । हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन।

सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।
हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ।

सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ। गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .