ad ad

छापा खबर


तपाईं पनि फस्नुहोला नि हनी ट्रयापमा!

तपाईं पनि फस्नुहोला नि हनी ट्रयापमा!

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १:५८,

नेपाली सेनाबाट अवकाशप्राप्त भोलाकुमार जर्घा मगर बुधबार दिउँसो केही कागजपत्र बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगे।

‘हनी ट्र्याप’मा पारी जर्घालाई कुटपिट तथा लुट्ने समूहका एक आरोपित लालबहादुर श्रेष्ठ सँगै थिए। अपराध महाशाखा काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरी ललितपुर पठाएको थियो।

सिन्धुली कमलामाई नगरपालिका घर भएका जर्घाले साउनमा आफूलाई एक युवतीले नाटकीय ढंगले फसाएको सुनाए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नितु खलेले लेखेकी छन्।

उनका अनुसार घटना साउन ८ गतेको हो। उक्त दिन भिनाजु पर्ने व्यक्ति बितेकाले दाहसंस्कारका लागि पशुपति आर्यघाट जानुप¥यो। त्यसपछि केही सरसामान खरिद गर्न उनी आफन्तका साथ न्युरोड गए। किनमेल सकाएर रत्नपार्क पुगे। आफन्तहरू हिँडिसकेका थिए। पानी दर्किन थाल्यो। उनी एउटा चिया पसलमा ओत लागेर बसिरहेका थिए। पहेंलो कुर्ता सुरुवाल, हरिया चुरा, मेहेन्दी लगाएकी एक युवती उनी बसेको टेबलमा आइन्। निकै चिसो भएकाले ती युवतीले चिया खुवाउन प्रस्ताव गरिन्।

‘साधारण पहिरनमा थिइन्। छलकपट गर्लाजस्तो लागेन, त्यसैले मःमः खुवाएँ’, जर्र्घाले भने, ‘पानी नरोकिएपछि दुई–तीन घण्टा त्यहीं बस्यौं।’ ती युवतीले पतिले साउदी अरबबाट पठाइदिएको मोबाइल लिन रत्नपार्क आएको बताएकी जर्घाले सुनाए। पानी रोकिएपछि युवतीले आफूलाई कलंकीसम्म छाडिदिन आग्रह गरिन्। जर्घाले मोटरसाइकलमा राखेर कलंकीतिर हुइँक्याए।

त्यतिन्जेल ती युवती बारम्बार फोनमा कुरा गरिरहेकी थिइन्। कलंकी नपुग्दै उनले चोभारमा काम भएकाले त्यतै छाडिदिन भनिन्। चोभार पुगेर सँगै चिया पिए। केही न केही बहाना बनाएर रात पार्न खोजिरहिन्। भैंसेपाटीको बाटो जाऊँ भनिन्। जर्घाले मोटरसाइकल जलबिनायकतिरको बाटोतिर हुइँक्याए।

भैंसेपाटी आउँदै गर्दा मगर गाउँछेउ एक्कासि तीन जना व्यक्ति आए। साँझको ७ स् ४५ बजेको थियो। तीनै जनाले फलामको रड निकालेर जर्घालाई हान्न थाले। उनी ढलेपछि साथमा भएको पैसा, सुन, मोबाइल लुटे। जर्घाले ६ तोलाको सिक्री लगाएका थिए। महँगो र सस्तो गरी दुईवटा मोबाइल बोकेका थिए। आफूले लगाएको चस्मा र सात हजार रुपैयाँसमेत लगेको उनले सुनाए।

उनीहरूले लुटिसकेपछि दुवै हात पछाडि लगेर डोरीले बाँधिदिन खोजे। ‘मेरो साथमा भएको सबै सामान दिएँ, पिसाब फेर्न दिनुहोस्, हात नबान्नुस् भनेर अनुरोध गरें’, उनले भने, ‘त्यसपछि उनीहरूलाई छक्याएर फुत्किएँ।’ चोभारमा आएर एउटा पसलबाट आफन्तलाई घटनाबारे जानकारी दिएको उनले सुनाए। तब प्रहरी र आफन्तले राति उनलाई त्यहाँबाट उद्धार गरेका थिए।

के हो हनी ट्र्याप?
हनी ट्र्याप भन्नाले शारीरिक आकर्षण प्रयोग गरी कसैलाई फसाउने तरिका हो। प्राय ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको देखिन्छ। प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ। पुरुषहरू युवतीको मायाजालमा परी विवाहको लोभमा पर्दा नराम्ररी फसेको दृष्टान्त प्रहरीमा देखिने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .