ad ad

छापा खबर


प्रचण्ड-नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा

प्रचण्ड-नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १:४१,

दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्।

संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले दाहाल–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्न लागेको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

विभाजनको कानुनी र राजनीतिक प्रक्रियामा लागेका दुवै समूह आफूलाई आधिकारिक नेकपा दाबी गर्दै एकअर्काको प्रतिकारमा उत्रिने भएका हुन्।

पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केपी ओली समूह देशव्यापी कार्यकर्ता भेलामा लागेको छ। ओली पक्षले सातवटै प्रदेशमा इन्चार्ज तोकिसकेको छ।

ओली पक्षले प्रदेशस्तरीय भेला गरी प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको अवस्था आउनुको कारण प्रस्ट पार्दै नेता–कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिने भएको छ।

दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन कमिटीको कमान्डर तोकेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुनःस्थापनाको माग राखेर दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना माग राखेर दायर रिटमा शुक्रबार हुने सुनुवाइमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा जाने कार्यक्रमसमेत तय गरेको छ।

दाहाल–नेपाल समूहले शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलमा र मध्याह्न १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र सांसदको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

केन्द्रीय कमिटीको बिहीबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पहिलो चरणको आन्दोलनका कार्यक्रम सरकारलाई चेतावनी मात्रै दिन तय गरिएकाले केही नरम हुने र आवश्यक परे अर्को चरणमा कडा कार्यक्रम ल्याइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .