ad ad

छापा खबर


काठमाडौं उपत्यकाका दुई दर्जन फिल्म हल बन्द

काठमाडौं उपत्यकाका दुई दर्जन फिल्म हल बन्द

नेपालखबर
साउन २६, २०७६ आइतबार ०:३३,

चार दशक लामो इतिहास बोकेको सबैभन्दा बढी नेपाली चलचित्र चल्ने काठमाडौंको जमलस्थित विश्वज्योति सिनेमा घरको पुरानो अस्तित्व सकिएको छ।

अहिले त्यहाँको सिनेमा हल भत्काएर अन्य व्यवसाय गर्ने भवन निर्माणको तयारी हुँदै छ।

विश्वज्योतिजस्तै काठमाडौं उपत्यकाका २५ वटा सिनेमा हल बन्द र भत्किने अवस्थामा छन्। केही त भत्किसके। यो खबर आजको राजधानीमा नवीन लुइँटेलले लेखेका छन्।

झन्डै २० वर्षअघि नेपाली चलचित्र चल्ने उपत्यकाका विभिन्न हलमा दर्शकको लर्काे लाग्न गर्थ्याे। 

बढ्दो प्रविधिको विकास, कामको व्यस्तता, चलचित्रको स्तर खस्कनुलगायत कारणले हलमा दर्शकको संख्या न्यून हुँदै जाँदा २०४६ सालपछि ह्वात्तै बढेका हल २०५८ पछाडि घट्दै गएको सरोकारवालाहरूले बताएका छन्।

जसका कारण कतिपय हल बन्द नै भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .