ad ad

छापा खबर


वडाध्यक्षले नै बेचे १३ रोपनी जंगल

वडाध्यक्षले नै बेचे १३ रोपनी जंगल

नेपालखबर
साउन २६, २०७६ आइतबार ०:२१,

काभ्रेको धुलिखेलमा वन क्षेत्रको १३ रोपनी जग्गालाई व्यक्तिगत बनाएर बिक्री गरेको पाइएको छ।

धुलिखेल–१० मा पर्ने साविक सारदाबतासे गाविसको सेतीमाटी सापकोटा पाखा वनको ११ रोपनी वन क्षेत्रको जग्गा तत्कालीन वडाध्यक्ष बलराम पराजुलीले आफ्नो बनाई बेचेका हुन्।

खरिद गर्ने समूहले छुट दर्ता गरी थप २ रोपनी सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको खबर आजको कान्तिपुर दैनिकमा नगेन्द्र अधिकारीले लेखेका छन्।

२०३२ सालमा आफ्नो नाममा नापी गराएको कित्ता नं १४ को ९ रोपनी ८ आना र १५ नं कित्ता वनको ११ रोपनी २ पैसा जग्गा गरी २० रोपनी ८ आना जग्गा पराजुलीले बैंकमा धितो राखेर कर्जा लिएका थिए।

लिलाम हुने स्थिति भएपछि पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली, पुरानो झाँगाझोली–९ का बबिता खत्री, भोजपुर च्याग्रे–६ का झुमादेवी, साविक काभ्रे नित्यचण्डेश्वरी–२ का विदुरबहादुर बस्नेत र शारदाबतासे–३ का रवीन्द्र अधिकारीका नाममा सगोलमा पास गरिदिएका थिए।

लालपुर्जामा २० रोपनी ८ आना १ पैसा २ दाम क्षेत्रफल भए पनि मालपोत कार्यालयमा छुट दर्ता निवेदन दिएर २ रोपनी सार्वजनिक जग्गा पनि उनले दर्ता गरिदिएका थिए । वडामा निवेदनसमेत नदिई विभागको स्वीकृतिबिनै छुट जग्गा दर्ता गराएर जग्गालाई २२ रोपनी कायम गरिएको हो।

कित्ता नं १५ मा पर्ने वन क्षेत्रमा पाटारपाटा बनाई खेती गरेको भन्दै इन्द्रबहादुर भुजेललाई तत्कालीन बनेपा इलाका वन कार्यालयले २०४१ पुस ५ गते हाजिर हुन आउन पत्र काटेको थियो।

तत्कालीन शारदाबतासे गाउँ पञ्चायत–३ हाल वडा नम्बर ५ बस्ने उनीविरुद्ध २०४२ साउन २ गते सोही कसुरमा अदालतमा मुद्दासमेत दर्ता भएको थियो । त्यस मुद्दामा तत्कालीन प्रधानपञ्च पदमध्वज थापा क्षत्रीसमेतले सर्जमिन गरी उक्त जमिन वन क्षेत्रभित्र पर्छ भनी मुचुल्का गरिदिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .