ad ad

छापा खबर


भारतले यसो भनेपछि ‘सी विचारधारा’ छलफल उद्घाटन प्रधानमन्त्रीबाट

भारतले यसो भनेपछि ‘सी विचारधारा’ छलफल उद्घाटन प्रधानमन्त्रीबाट

नेपालखबर
असोज ८, २०७६ बुधबार ३:५६,

उत्तरका नेताबारे दक्षिणको चासो बढ्दा चेपुवामा परेको छ, सत्तारूढ नेकपा।

स्कुल विभागद्वारा प्रशिक्ष्ण कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओलाई उद्घाटन गराउने पूर्वनिर्धारित कार्यक्रम रहेको सूचना पाएपछि दक्षिणी दूतावासले आफूनिकट पत्रकार र बुद्धिजीवीसामु घुमाएर चासो राख्यो।

‘के यो मिल्ने कुरा हो ?’ उसको सोधाइ थियो, ‘एउटा पार्टीको प्रशिक्षण उद्घाटन अर्काे देशको नेताले गर्न सुहाउँछ?’

कुरा नेकपा नेतृत्वसम्म पुग्यो। त्यसपछि प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भयो।यो खबर आज असोज ८ गतेको जनआस्था साप्ताहिकले छापेको छ।

वास्तविकता के हो भने चीनको सत्तारूढ तदलका केन्द्रीय सदस्य स्तरीय विदेश विभाग प्रमुख र नेपालका प्रमबीच प्रोटोकल मिल्दैन।

चिनियाँ राष्ट्रपति सी चिनफिङ आउनु र दशकौंदेखिको वैचारिक नाताका कारण त्यहाँको पार्टीसँग झन् बढी नजिकनिु स्वाभाविकै हो। त्यसमा अर्काे देशले चासो राख्नुपर्ने त केही थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .