नेपालखबर डटकम शुक्रबारबाट सातौँ वर्षमा प्रवेश गरेको छ। छ वर्षको अवधिमा हामीले नयाँ खबर र विश्लेषणसँगै गम्भीर विषयमा श्रृंखलाबद्ध रिपोर्टहरू प्रस्तुत गरेका छौँ। यस सन्दर्भमा पाठक–दर्शक, शुभेच्छुकबाट पाएका सुझाव र प्रतिक्रियाले हामीलाई झन् सशक्त रुपमा अगाडि बढ्ने शक्ति प्राप्त भएको छ।
छ वर्षअघि डिजिटल सञ्चारमाध्यमका रुपमा नेपालखबर डटकम शुभारम्भ भएको थियो। नेपाल र नेपाली सन्दर्भका सामग्री व्यावसायिक रुपमा प्रस्तुत गर्ने र विश्वभर रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने उदेश्यमा हामीले राम्रो सफलता पाएका छौँ।
सातौँ वर्ष प्रवेशको अवसरमा हामी ती सबै पाठक, शुभेच्छुक र व्यावसायिक संस्थालाई धन्यवाद दिन चाहन्छौँ, जसले कोभिड–१९ को महामारीले आफ्नो संस्था र देशकै अर्थतन्त्र धर्मराएको बेला पनि हामीप्रति आफ्नो विश्वास र सहयोग टुट्न दिएनन्।
नेपालखबरको दायरा अझै फराकिलो बनाउँदै जाने क्रममा हामी चाँडै अंग्रेजी संस्करण लिएर आउने तयारीमा छौँ। नेपालखबरको हङकङ संस्करण हङकङमा बसोबास गर्ने नेपालीबीच लोकप्रिय बनिसकेको छ। नेपालीहरूको बाक्लो उपस्थिति रहेका अन्य देशमा हामी आफ्नो दायरा अझै विस्तार गर्ने क्रममा छौँ।
आन्तरिक राजनीतिक परिवर्तन होस् वा विदेश सम्बन्धमा देखिइरहने फेरबदल, नेपालखबरले आफ्नो प्रस्तुतिमा सन्तुलन कायम गर्दै आएको छ।
हाम्रो छ वर्षको यात्राले साबित गरिसकेको छ– सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा हामी कसैसँग सम्झौता गर्दैनौँ। राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबर सधैँ प्रतिबद्ध रहने छ।
पाठकका सुझाव र प्रतिक्रियालाई हामीले मार्गदर्शनका रुपमा लिएका छौँ र त्यसले नेपालखबरलाई अझै परिष्कृत बनाउँदै लाने हाम्रो विश्वास छ।
नयाँनयाँ खबर र विश्लेषणसहित नेपालखबर सधैँ तपाईंसँगै हुनेछ।
Shares
प्रतिक्रिया