विधिपूर्वक पूजा गरि विश्वकर्मा बाबाको मूर्ती विसर्जन गरिएको छ।
मंगलबार (असोज १ गते) विश्वकर्मा बाबाको प्रतिक निर्माण गरी पुजाआजा गरेपछि आज (बुधबार) जलाशयहरूमा विसर्जन गरिएको हो।
विश्वकर्माको मूर्तीलाई जलाशयहरूमा लगेर विसर्जन गर्ने प्रचलन छ। सोही अनुरुप देशभरका नदी, खोला तथा तालमा मूर्ती विसर्जन गरियो।
काठमाडौं उपत्यकामा बागमतीसहितका खोला, नदीमा पनि मूर्ती विसर्जन गरिएको छ।
मूर्ती विसर्जनका क्रममा श्रद्धालुहरूले विश्वकर्मा बाबाप्रति श्रद्धा प्रकट गरे।
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
यस्तो देखियो बुधबार अपरान्ह चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ती विसर्जनको दृश्य
33
Shares
प्रतिक्रिया