ad ad

खेल


स्वदेशी भूमिमा ३७ वर्षपछि नेपाललाई उपाधि

स्वदेशी भूमिमा ३७ वर्षपछि नेपाललाई उपाधि

नेपालखबर
चैत १६, २०७७ सोमबार १३:४६,

आफ्नै भूमिमा नेपालले ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ।

सोमबार रंगशालामा भएको थ्री नेसन्स कपको उपाधि उचालेसँगै नेपालले ३७ वर्षपछि आफ्नै भूमीमा उपाधि उचालेको हो।

यसअघि नेपालले १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो। त्यसयता स्वदेशमा नेपाली राष्ट्रिय टोलीले उचालेको यो दोस्रो उपाधि हो।

थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई फाइनलमा २-१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। सिनियर टोलीले २०१६ को सोलिडारिटी कपपछि पहिलो उपाधि जितेको हो।

समग्रमा नेपाली राष्ट्रिय टोलीको यो पाँचौ अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि नेपालले १९८४ र १९९३ को सागसँगै २०१६ मा बंगबन्धु गोल्डकप र सोलाडिरीटी कपको उपाधि जितेको थियो।

सोमबार बंगलादेशविरुद्धको फाइनलमा नेपालका लागि सन्जोग राई र विशाल राईले समान एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएका थिए।

१९ औं मिनेटमा सुनिल बलको कर्नरलाई बंगलादेशी डिफेन्डरले क्लियर गर्न नसकेपछि बल सन्जोगको खुट्टामा गएको थियो। सन्जोगले विपक्षी खेलाडीलाई छलाउँदै नजिकैबाट गरेको प्रहारले जाली चुम्यो।

यो पनि : थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई, बंगलादेशमाथि २–१ को जित

त्योसँगै नेपालले विगत ७ खेलमा रहेको गोल खडेरी समेत तोड्यो। २०१९ को सप्टेम्बरयता भएका ७ खेलमा नेपालले गोल गर्न सकेको थिएन।

४२ औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे। सन्जोगले मिलाएको पासमा विशालले बंगलादेशी गोलरक्षकसँग वान भर्सेस वानको पासमा गोल गरेका थिए।

८३औं मिनेटमा परिवर्तित खेलाडी मेहबरर रेहमानले एक गोल फर्काएका थिए। कप्तान जमल भुयाँको कर्नरमा रहेमानले हेडिङ गोल गरेका थिए।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भएको खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टोली सहभागि थियो। बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा पुगेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .