ad ad

खेल


च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना पराजित

च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना पराजित

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १३:१, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। गएराति भएको खेलमा बार्सिलोना फ्रान्सको क्लब मोनाकोसँग २–१ ले पराजित भएको हो। 

खेलको सुरुवातमै १० खेलाडीमा सिमित भएको बार्सिलोनाले खेलभर नै दबाब झेल्नु परेको थियो। १० औँ मिनेटमा इरिक गार्सिया रातोकार्ड खाँदै बाहिरिएका थिए। 

त्यसको ६ मिनेटपछि मोनाकोले अग्रता लिएको थियो। मघनेस अक्लिअउचेले मोनाकोलाई अग्रता दिलाएका थिए। 

तर २८ औँ मिनेटमा लामिन यमलले खेललाई बराबरीमा फर्काए। तर ७१ औँ मिनेटमा जर्ज इलेनिखेनाले घरेलुटोलीको जित सुनिश्चित गरे। घरेलु लिगमा जारी सिजन अपराजित बार्सिलोनाले च्याम्पियन्स लिगमा भने पहिलो खेलमै हार व्यहोरेको छ। 

आफ्ना पहिलो रोजाईका आधादर्जन खेलाडीले बोकेको चोटको असर च्याम्पियन्स लिगमा देखिएको छ। यो खेलबाट फरवार्ड अंशु फाती भने मैदान फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .