निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ।
इजलासमा थपलियासहित निर्वाचन आयुक्तहरु ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जवरा रहेका छन्।
आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले इजलास गठन गरिएकाे आयाेगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेपालखबरलाई बताए।
बुधबार नै बसेको इजलासको बैठकले जसपा विवादमाथिको सुनुवाइका लागि आगामी साउन ३ गते बिहान ११ बजे दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ। बहसका लागि कानुन व्यवसायीकाे बहस नाेट माग गर्दै दुवै पक्षलाई पत्राचार गरिएकाे प्रमुख आयुक्त थपलियाले बताए।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो।
आयोगले दुवै पक्षलाई मंगलबार बोलाएर सहमति जुटाउने प्रयास गरेपनि दुवै पक्षले मिलेर जान अस्वीकार गरेपछि दलको आधिकारिकताको सुनुवाइ प्रक्रिया सुरु भएको हो।
याे पनि : १५ दिनमा जसपाको आधिकारिकता टुंगिने, कसले पाउला नाम र चुनाव चिन्ह?
Shares
प्रतिक्रिया