नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा खुलेका छन्।
एमालेकै पक्षमा रहेको बताइरहेका उनी बुधबार निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर गरेका छन् ।
लामो समयदेखि बिरामी नेपाल सनाखतका लागि बैसाखीको सहारामा निर्वाचन आयोग पुगेका हुन्।
उनलाई माधव नेपालनिकट विद्यार्थी नेता सुदेश पराजुलीसहितले निर्वाचन आयोगमा लगेका थिए। माधव समूहले बुझाएको केन्द्रीय कमिटी सदस्यको सूचीमा नेपालको पनि नाम राखिएको थियो।
निर्वाचन आयोगमा अहिले नेपाल समूहले नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत भइरहेको छ।
सनाखतका लागि माधव नेपालसहित उनी पक्षीय नेताहरु चन्द्रागिरि हिल्सबाट दुईवटा पर्यटक बसमा चढेर सिधै निर्वाचन आयोग पुगेका छन् ।
1.1k
Shares
प्रतिक्रिया