नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन्। ४१४ मत प्राप्त गरी उनले बाँकी ५ प्रतिस्पर्धीलाई पछि पारेका हुन्। उनलाई पत्रकारसमेत रहेका गंगाधर पराजुलीले ३४६ मतले पछ्याए।
पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता रहेकामा १ हजार ३४४ मत खसेको थियो।
निर्वाचन अधिकृत आरसी विमलका अनुसार सभापतिको अन्य प्रत्यासीमा रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला थिए।
यस्तै उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी भए। उनीहरूले क्रमशः ५६९ र ४६४ मत ल्याए।
सचिवमा टुवराज बास्तोलाले ८५८ र गणेशहादुर थापाले ७८९ मतसहित विजयको माला पहिरिए। सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भए। उनीहरूले क्रमशः ४६५ र ४५८ मत पाए।
नगर उपसभापतिका लागि कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल चुनावी मैदानमा थिए।
सचिवका लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारी तथा सहसचिवका लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, सञ्जय आले र संघर्ष कोइरालाबीच प्रतिस्पर्धा भएको थियो।
Shares
प्रतिक्रिया