ad ad

राजनीति


अमेरिका उडे ओली, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

अमेरिका उडे ओली, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १२:४६, काठमाडौँ

उपपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो। 

राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको जनाएको छ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन्। उनी शुक्रबार बिहान कतार एयरलाइन्स हुँदै न्युयोर्क प्रस्थान गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .