ad ad

राजनीति


महराले करणी उद्योग गरेको सरकारी वकिललाई प्रहरीको राय

महराले करणी उद्योग गरेको सरकारी वकिललाई प्रहरीको राय

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ११:४१,

प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग गरेको प्रमाणसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

 शुक्रबार दिउँसो प्रहरीले महराले संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी उद्योग गरेको प्रमाणसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले महराको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको बताए। ‘शुक्रबार दिउँसो ३ बजे अनुसन्धान सकेर प्रारम्भिक प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौँ’, नेपालखबरसँग कुरा गर्दै डीएसपी बोगटीले भने, ‘अब मुद्दा अभियोजनाका विषयमा केही थपघट भए सरकारी वकिलको कार्यालयले माग्नेछ।’

प्रहरीले मुलुकी अपराध संहिताको परिच्छेद १८ अनुसार १८ वर्ष पुगेकी महिलालाई जबर्जस्ती करणी उद्योगमा आधा सजाय हुने व्यवस्था अनुसार नै राय दिएको प्रहरीले जनाएको छ। जबर्जस्ती करणीमा यो परिच्छेदअनुसार सातदेखि १० वर्ष सजाय हुने व्यवस्था छ। करणी उद्योगमा आधा सजाय हुने व्यवस्था अनुसार महरा दोषी प्रमाणित भए साढे ३ देखि ५ वर्षसम्म सजाय हुनेछ।

संसद सचिवालयकी कर्मचारी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले महरालाई गत असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि बिहीबार अदालतबाट तेस्रोपटक ७ दिनको म्याद थप गरिएको भोलिपल्टै प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। सो प्रतिवेदनमा महरामाथि जबजरस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्ने कानूनी व्यवस्था छ। अनुसन्धानका लागि थप ६ दिनको म्याद रहेका कारण महरामाथि कार्तिक १४ गतेभित्र मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्नुपर्ने छ।

प्रहरीले अनुसन्धानका क्रममा शाहीको कोठामा बरामद भएको महराको फुटेको चश्मा, गिलास, बोत्तल लगायतका सामग्रीको फरेन्सिक जाँच गरिएको डीएसपी बोगटीले बताए।

 दशैँको भोलिपल्टदेखि स्वास्थ्यमा समस्या आएपछि महरा नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .