ad ad

राजनीति


विद्या भट्टराई कास्की २ मा नेकपा उम्मेदवार सिफारिस

विद्या भट्टराई कास्की २ मा नेकपा उम्मेदवार सिफारिस

वाशुदेव मिश्र
कात्तिक ८, २०७६ शुक्रबार १२:१०,

हल्ला र कौतुहलतालाई अन्त्य गर्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले कास्की २ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाउनका लागि सिफारिस गरेको छ।

शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए। ‘सर्वसम्मत रुपमा सबै साथीहरुले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेका हौँ’, थापाले भने।

भट्टराई स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन्। पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा गत फागुन १५ गते रविन्द्र अधिकारीको हेलिकप्ट दुर्घटनामा निधन भएको थियो। उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। नेकपामा भट्टराईका अलावा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्यको समेत चर्चा थियो।

भट्टराईसँगै कास्की उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्ने नेकपा दोश्रो पार्टी बनेको छ। गत बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको थियो।

कांग्रेसले भने गत मंगलबार १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .