ad ad

राजनीति


भारतका यातायातमन्त्री गडकरी नेपाल आउँदै

भारतका यातायातमन्त्री गडकरी नेपाल आउँदै

भारतका यातायातमन्त्री नितिन गडकरी


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ११:४९, काठमाडौँ

भारतका यातायातमन्त्री नितिन गडकरी नेपाल भ्रमणमा आउने भएका छन्।  

सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता गडकरी पतञ्जलि योगपीठ (नेपाल) को निम्तामा मंसिर २ गते काठमाडौं आउने भएका हुन्। 

पतञ्जलि योगपीठले मंसिर ३ गते काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी यहाँ आउने भएका हुन्। 

योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहले भारतीय मन्त्री गडकरी नेपाल आउने निश्चित भएको नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम पनि छ। साथमा योगगुरु रामदेव र आचार्य बालकृष्ण पनि नेपाल आउनेछन्। 

उनीहरूको टोली मंसिर  ३ गते स्वदेश फर्किनेछ। नेपालस्थित भारतीय दूतावासले भने गडकरीको नेपाल भ्रमणको औपचारिक जानकारी नरहेको बताएको छ।​

गडकरी पतञ्जलि योगपीठले ल्याउन लागेका दुईवटा टिभी च्यानल आस्था नेपाल र पतञ्जलि (नेपाल) को उद्घाटनमा सहभागी हुनेछन्। ती च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .