ad ad

राजनीति


ईश्वर पोखेरल जाँदा विवाद भएपछि सिन्धुलीको सदरमुकाममा निषेधाज्ञा

ईश्वर पोखेरल जाँदा विवाद भएपछि सिन्धुलीको सदरमुकाममा निषेधाज्ञा

फाइल तस्बिर : सिन्धुलीमाढी।


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ११:२९, काठमाडौँ

सिन्धुलीको सदरमुकाममा बुधबार निषेधाज्ञा जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रलाई आज बिहान ११ बजेदेखि राति १२ बजेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। 

स्थानीयका अनुसार सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएपछि झडप हुने देखेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

सदरमुकाम सिन्धुलीगढीस्थित बाल उद्यान पार्क उदघाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्न कमलामाई नगरपालिकाले एमालेका महासचिव ईश्वर पोखरेललाई निमन्त्रणा गरेको थियो। त्यसका लागि पोखरेलले मंगलबारै सिन्धुलीगढी पुगिसकेका छन्। 

तर सत्ता गठबन्धनका दलका कार्यकर्ताले उनलाई प्रमुख अतिथि बनाइएको भन्दै कार्यक्रमस्थल बाल उद्यान पार्क घेरे। त्यस क्रममा एमाले कार्यकर्ता र उनीहरूबीच विवाद भयो।

त्यसपछि सहमतिका लागि भनेर सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा सर्वदलीय बैठक पनि राखियो। तर दुई पक्षबीच समझदारी हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .