तनहुँ कांग्रेसको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन्।
सभापति शेरबहादुर देउवापक्षीय आलेले प्रतिष्पर्धी बैकुण्ठ न्यौपानेलाई १४८ मतले पराजित गरेका हुन्। आलेले ९५१ र न्यौपानेले ७८३ मत पाए।
गृहजिल्लामा आलेको जितसँगै सभापतिको दौडमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ठूलो धक्का लागेको छ।
जिल्लामा उनी इतर रहेका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्लेले आलेलाई सघाएका थिए।
आले सभापति रहेको कार्यसमितिका पदाधिकारीमा पनि संस्थापन पक्ष नै हावी भएको छ।
उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी बन्दा सचिवमा भने लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी बनेका छन्।
सहसचिवमा मिलन आले र परमेश्वर भट्टराईले बाजी मारे। तीमध्ये मिलनमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्।
१ हजार ७८५ मतदाताले मतदानमा भाग लिएका थिए।
Shares
प्रतिक्रिया