ad ad

राजनीति


प्रधानन्यायाधीश जबराले कायममुकायम नदिने, अस्पतालबाट डिस्चार्ज हुँदै

प्रधानन्यायाधीश जबराले कायममुकायम नदिने, अस्पतालबाट डिस्चार्ज हुँदै

फाइल तस्बिर


उजिर कार्की
मंसिर १६, २०७८ बिहिबार १४:३१, काठमाडौँ

सर्वोच्च अदालतका आन्दोलित न्यायाधीशहरु कायममुकायम प्रधानन्यायाधीशबारे निर्णय लिन असफल भएका छन्।

कायममुकायम तोकेर अघि बढ्न नेपाल बार र सर्वोच्च बारका अध्यक्षले दबाब दिएपछि बसेको आन्दोलित न्यायाधीशको बैठक बिनानिष्कर्ष सकिएको हो।  

'न्यायाधीशहरूबीच लामो छलफल भयो। तर कायममुकायम प्रधानन्यायाधीशबारे टुंगो लागेन', स्रोतले भन्यो, 'प्रधानन्यायाधीश जबराकै प्रतिक्षा गर्ने निर्णयमा पुगेका छौँ।'

बैठकस्थलबाटै न्यायाधीशहरूले सशस्त्र प्रहरीको बलम्बुमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फोन गरेका थिए।

जबराले आफू भोलिसम्म डिस्चार्ज भइसक्ने जवाफ दिएपछि न्यायाधीशहरूले थप निर्णय लिन नसकेका हुन्।

उनले न्यायाधीशहरूलाई कायममुकायम दिन इन्कार गर्दै आफैँ अदालतमा उपस्थित हुन लागेको बताएका स्रोतले जानकारी दिएको छ। 

'प्रधानन्यायाधीशले कोरोना रिपोर्ट नेगेटिभ आए पनि शुक्रबार अस्पतालबाट आउँछु भन्नु भएको छ', एक न्यायाधीशले भने, 'त्यहीकारण कायममुकायम तोक्ने कुरामा कुनै प्रगति भएन।'

तर बिहीबारका लागि पेसी तोकिएका मुद्दा हेर्न न्यायाधीशहरूले अस्वीकार गरेका छन्। त्यहीकारण केही इजलास स्थगित समेत भइसकेका छन्। 

बिहीबार लागि दिउँसो १ बजे सर्वोच्चमा १० वटा इजलास गठन गरिएको थियो। तर ती इजलासमा न्यायाधीश नजाँदा सेवाग्राहीलाई हैरानी भएको छ। 

सर्वोच्चको कानुन अनुसार हरेक दिन बिहान साढे १० बजे पेसी तोक्ने नियम छ। तर पहिलो पटक १ बजे तोकिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .