ad ad

राजनीति


गृहमन्त्री भन्छन्ः जेलभित्र छुट्टै निरंकुश सत्ता छ

गृहमन्त्री भन्छन्ः जेलभित्र छुट्टै निरंकुश सत्ता छ

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ११:२५,

गृहमन्त्री राम बहादुर थापा बादलले नेपालका जेल भित्र निरंकुश तन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताएका हुन्। समितिले केही समय अघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो।

समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेरा भित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागे पछि गृहमन्त्री थापाले नेपालका जेलभित्र निरंकुश सत्ता रहेको स्विकार गरेका हुन्। सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरीह बनेको बताएका थिए। सांसदको जिज्ञाशामा मन्त्री थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए।

राज्य व्यबस्था तथा सुशासन समितिले सभापति शशी श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दि गृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो। समितिले अनुगमन पछि नेपाल सरकारलाई जेल तथा बन्दि गृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .