गण्डकी प्रदेशमै जन्मेका अमिक शेरचनले अन्तत गण्डकी प्रदेश प्रमुखको पदबहाली गरेका छन्।
बुधबार पदभार ग्रहण गर्दै उनले समझदारी र सहकार्यमार्फत देशका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँगको संगत फापेका उनले राष्ट्रिय संकट देखा पर्न थालेको बताउनसम्म भ्याए। उनले थपे, ‘सम्पूर्ण नेपाली जनताको, राजनीतिक दलहरुको, तत्कालीन आन्दोलमा सहभागी सबै सहयात्रीहरुको समझदारी र सहमतिमा मुलुकको राष्ट्रियता, सार्वभौमिकतालाई जोगाउन सक्छौँ, हामी त्यो दिशातर्फ जानुपर्छ।’
प्रतिक्रिया