ad ad

राजनीति


सरकारलाई सही बाटोमा हिँडाउन कांग्रेसलाई भोटः खेमराज

सरकारलाई सही बाटोमा हिँडाउन कांग्रेसलाई भोटः  खेमराज

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १२:२८,

नेपाली कांग्रेसका तर्फबाट उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेलले आफ्नो जितको आधार नै जनता भएको बताएका छन्।

सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि उनले जनताले कांग्रेसलाई भोट दिने बताए। उनले आफू निमित्तक मात्रै भएको र सशक्त प्रतिपक्ष बनाउन र सरकारलाई सही बाटोमा हिँडाउन कांग्रेसलाई भोट दिन आग्रह गरे।

‘म एउटा निमित्त मात्र हुँ, साथीहरुले मेरो बारेमा धेरै कुरा गर्नुभयो। त्यति योग्य छु÷छैन मलाई लाग्दैन, जुनखालका प्रशंसा पाउन लायक छु जस्तो लाग्दैन। तर, कांग्रेसले मलाई सिपाहीका रुपमा उठाएको छ, हामीले यसलाई अगाडि बढाएर निर्वाचन जिताएर जनताले जुन चाहना गरेका छन्, सबल प्रतिपक्ष हुनुपर्छ’, मनोनयनपछिको चुनावी सभामा उनले भने, ‘कांग्रेस सबल नहुँदा मुलुक यो अवस्थामा गयो, तिमीहरु राम्रोसँग अगाडि बढ है भन्ने सन्देश दिन खोजेका छन्, त्यसको सही सदुपयोग गरेर हामी अगाडि बढौँ।’ सो सभामा कांग्रेस उपसभापति विमलेन्द्र निधि उपस्थित थिए। पौडेलले मुलुकको अवस्था सुधार्नकै लागि भएपनि जित आवश्यक रहेको र जनताले पनि सोही चाहना राखेको बताए।

‘अमेरिकामा ट्रम्पले जित्छ भनेका थिए र उनी आए, एउटा चुनावले सरकार ढाल्ने हैन, हामी अस्थिरता ल्याउन चाहन्नौँ’, मनोनयपछि उनले भने, ‘जनताले बलियो प्रतिपक्ष चाहेका छन् र सत्ताधारीलाई सही दिशामा लैजानको लागि पनि कांग्रेसलाई भोट हाल्छन्।’

पार्टीभित्रका नेता, कार्यकर्ताहरुमा केही समस्या भए राजनीतिक तरिकाले आन्तरिक रुपमा सल्टाउनुपर्ने उनले बताए। यसअघिका चुनावमा भएका गल्ती नदोहो¥याउने र चुनाव जित्नको लागि एक भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाई छ।

‘आजको उपस्थिति हामीलाई प्रेरणा भएको छ, यो जनउभारलाई सही शक्ति बनाएर अगाडि बढ्नेछौँ। हामी एकमत हौँ, कुनै साथीहरुको धारणा छ भने राजनीतिक हिसाबले सोचेर अगाडि बढौँ, गल्ती गर्नाले जुन खालको धोका पायौँ, मुलुकले धोका पायो, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सशंकित भईराखेका छन्’, उनले भने, ‘यसलाई दूर गर्नको निम्ति नेपाली कांग्रेसले जित्न’पर्छ, कांग्रेसलाई जिताऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .